कर्णाली एमालेमा गुलाबजंग शाह निर्वाचित, पदाधिकारीमा पनि शाहकै टिम

सुर्खेत–नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट गुलाबजंग शाह अध्यक्षमा निर्वाचित भएका छन् । असोज १० गते उद्घाटन भएको अधिवेशनले मतदानबाट नेतृत्व चयन गरेको हो । ३६९ मत ल्याएर शाह विजयी हुँदा उनका निकट प्रतिष्पर्धी मिनबहादुर शाहीले २०७ र अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे ।

सल्यानका शाह एमाले पोलिटब्युरो सदस्य थिए । प्रदेश अध्यक्ष कार्यकारी र पोलिटब्युरो बैठकमा भाग लिन पाउने भएपछि उनी प्रदेशको नेतृत्व गर्ने आकांक्षासहित प्रतिनिधि चुनिएका थिए । सम्पन्न मतपरिणाम अनुसार पदाधिकारीमा शाहकै टिम फराकिलो मतान्तरसहित निर्वाचित भएको छ । उपाध्यक्षमा टेकराज पछाई, सचिवमा धु्रवकुमार शाही, सहसचिवमा रविन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित भएका छन् । लेखा आयोगको अध्यक्षमा पनि शाह प्यानलकै जीतबहादुर मल्ल निर्वाचित भएका छन् ।

आइतबार भएको मतदानमा कुल ६१६ मतदातामध्ये ६०४ मत खसेको थियो । खसेको कुलमत मध्ये ९ म बदर भएको थियो भने ५९५ मत सदर भएको हो । १३५ सदस्यीय प्रदेश कमिटीमध्ये ४४ जना सदस्यहरु सर्वसम्मत निर्वाचितहुँदा ८६ मतमा मतदान भएको थियो ।

बुधबार नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । प्रदेश अध्यक्ष गुलावजंग शाहलाई प्रदेश अधिवेशन निर्वाचन कमिटीका निर्वाचन प्रमुख मातृकाप्रसाद खनालले शपथ खुवाएका हुन् । शाहले सपथ लिए लगत्तै पदाधिकारी र सदस्यलाई शपथ खुवाएका हुन् ।

शाहलाई एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल र शाहीलाई अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको समर्थन थियो । शाहीको टिममा उपाध्यक्ष लालबहादुर महतारा, सचिवमा रुद्र शाही, उपसचिवमा पद्मा खड्का प्रतिष्पर्धामा थिए । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्न, सर्वसम्मत नभए प्यानल नबनाई चुनावी प्रतिष्पर्धा गर्न निर्देशन दिएपनि दुवै टिमले अन्ततः प्यानल निर्माण गरेका थिए ।

को हुन् शाह ?
२०४० सालबाट अनेरास्ववियु पाँचौंमा आवद्ध भएर राजनीतिमा होमिएका नवनिर्वाचित अध्यक्ष शाह हाल पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा थिए । २०५६ मा तत्कालिन नेकपा एमाले विभाजन पछि बनेको नेकपा मालेमा आबद्ध भएका शाह मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बनेका थिए । २०५७ मा तत्कालिन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुगेका थिए । उनी एमालेको ९ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

शाह २०७४ मा तत्कालिन नेकपा माओवादीसँग बनेको वामगठवन्धका तर्फबाट सल्यान क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका नेता हुन् । एमाले संसदीय दलको प्रमुख सचेतक रहेका शाह तत्कालिन माओवादी केन्द्रसँग एकता भएपछि बनेको नेकपाको पनि प्रमुख सचेतकको रुपमा काम गरेका थिए । गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सल्यान क्षेत्र नम्बर १ (ख) बाट संसदीय निर्वाचनमा होमिएका शाह नेपाली कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,