श्रमिक नेतृत्वले रोजगारदातासंग वार्तामा जोड दिनुपर्छ : जेटियूसीसी अध्यक्ष श्रेष्ठ

सुर्खेत– वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गराउन रोजगारदाताको अवरोधका विरुद्ध एकजुट भई लाग्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियूसीसी) कर्णाली प्रदेशद्धारा शुक्रबार आयोजित प्रदेशस्तरीय नेतृत्व विकास तथा वार्तालाप सीप विकास कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।


विभिन्न सात वटा महासंघबाट प्रतिनिधित्व गरेका नेतृत्वहरुले श्रमिकको अधिकार प्राप्तिका लागि सरकार र रोजगारदाताको विभेदकारी भूमिकाप्रति नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रमका प्रमुख अतिथि जेटियूसीसी केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलनमा होमिएका नेतृत्व वर्गले व्यक्तिगत विचार, सिद्धान्त आफ्नो ठाउँमा छोडेर खुन, पसिना र श्रमको हिसाब खोज्न एकजुट बन्न आग्रह गरे । उनले नेतृत्व तहले वडा तह, स्थानीय सरकारदेखि प्रदेश तहसम्ममा निर्धक्क वार्तालापको विकास गर्नुपर्ने, सोधपुछसँगै नीति कार्यान्वयनमा बढावा दिनुपर्ने जोड दिए ।

जेटियूसीसी प्रदेश संयोजक तेजप्रकाश जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सातवटै महासंघका प्रदेशस्तरीय नेतृत्वले आआफ्नो अनुभव, वर्तमान समस्या र चुनौति तथा आगामी रणनीतिका विषयमा धारणा राखेका थिए । कार्यक्रमलाई सहजीकरण गर्दै संयोजक जिसीले कर्णालीको श्रम प्रशासनलाई पारदर्शी र चुस्तदुरुस्त बनाउन नीति निर्माण तहमा श्रमिक नेतृत्वको प्रतिनिधित्वका लागि हस्तक्षेप गर्नुपर्ने बताए ।

एनडिफन्ट केन्द्रीय सचिव सन्तोषकुमार राईले टे«ड युनियन आन्दोलनमा तेरो मेरो भावना नराखी श्रमिक संगठनहरु एकजुट भई सामाजिक रुपान्तरणमा जुट्नुपर्नेे बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,