कर्णालीमा लागूऔषधविरुद्ध ‘लालटिन अभियान’

सुर्खेत– कर्णालीमा प्रदेशमा लागूऔषधविरुद्ध “लालटिन अभियान” को सुरु भएको छ । प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ अभियान सञ्चालन गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विहीबार लालटिन बालेर शुभारम्भ गरेका हुन् ।

प्रदेश प्रहरी प्रमुख भीम ढकालले सेवाग्राहीमैत्री सेवा यात्रु सहायता, आत्महत्यालाई निरुत्साहन, लागूऔषध नियन्त्रण, दुर्घटनालाई न्यूनीकरण, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन लगायतका १४ वटा कार्यक्षेत्रमा नागरिक केन्द्रीत कार्ययोजना बनाएर प्रहरीले काम गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण जिसीले अपराध नियन्त्रणमा सुरक्षा निकायलाई नागरिकको साथ जरुरी रहेको बताए । अभियानलाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्ति सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा नागरिकको सहभागिता महत्वपूर्ण रहने बताए । ‘नागरिकहरु इमान्दार भए मात्र समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्छ,’ उनले भने, ‘नागरिकमैत्री यस्ता अभियानहरु प्रहरीले निरन्तर चलाउँदै जनताको मन जित्दै जानुपर्छ ।’

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका ललित भट्राई, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटा, नागरिक अगुवा पीताम्बर ढकाल लगायतले अभियानको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,