राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाद्धारा जनताको हस्ताक्षर संकलन

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको राजनीतिक हस्तक्षेप विरुद्ध जनताको हस्ताक्षर संकलन गरेको छ ।

रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार वीरेन्द्रनगरको मंगलगढी चोकमा हस्ताक्षर संकलन गरिएको हो । रास्वपाका जिल्ला सभापति रमेशकुमार सापकोटाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै ‘जनताको हस्ताक्षर संकलन अभियान’ सञ्चालन गरिएको बताए । लामिछाने हाल सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । हस्ताक्षर अभियानमा उल्लेख्य संख्यामा सचेत नागरिकले समर्थन जनाएको उनको भनाई छ ।

जिल्ला सभापति सापकोटाले भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखक राजीनामा माग्दै सडकदेखि सदनसम्मको आन्दोलन पनि शुरु भएको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,