
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा भइरहेको छ भने साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो । कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ । सुर्खेतमा वीरेन्द्रनगरस्थित घण्टाघर डबलीबाट ठूलो पर्दामा समेत हेर्न सकिनेछ । एक्स्टिम एक्स्ट्रिम इनर्जी ड्रिंकले फ्यान पार्क सञ्चालन गर्दै सांगितिक कार्यक्रमसहित क्रिकेट हेर्ने व्यवस्था मिलाएको हो ।



कर्णाली समय । ११ कार्तिक २०८३, मंगलवार १४:०२