गुराँस गाउँपालिकाले ल्यायो एक टोल एक उत्पादनको नीति

सुर्खेत- दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरू समावेश गरिएको छ ।


गौरव योजनाहरूमा जंगलमा फिरन्ते जीवन यापन गर्दै आएका राउटे समुदायका लागि स्थायी नमूना बसोबासको व्यवस्था मुख्य प्राथमिकताका रूपमा उल्लेख गरिएको छ । यसअघि नै गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र वितरण गरी अभिलेख संकलन गरिसकेको छ ।

गाउँपालिकाले एक घर, एक धारा एक घर, एक रोजगारू कार्यक्रम अघि बढाउने योजना बनाएको छ । भौतिक, मानव र दीगो विकासमा केन्द्रित नीति तथा कार्यक्रमहरू मार्फत पूर्ण सरसफाइ तथा सुरक्षित खानेपानीयुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष विसीले जानकारी दिए । एक वडा, एक उद्योग र एक टोल, एक उत्पादन कार्यक्रम, टोल विकास संस्थामार्फत श्रम सहभागिता अभिवृद्धि, गुराँस गौरव मार्गको निर्माण तथा कृषि विकास र अनुसन्धान केन्द्रसँगै टिसु कल्चर ल्याब सञ्चालन पनि आगामी वर्षको योजनामा समावेश छन् ।

यसबाहेक, शून्य भ्रष्टाचारू र बेरुजु नियन्त्रण नीतिसमेत ल्याइएको छ । गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालन, ५ शैयाको आयुर्वेद अस्पताल निर्माण, योगा हल, हेल्थ सेन्टर, खुला व्यायामशाला तथा डिजिटल गाउँपालिका र लेस पेपर कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ । बाँझो जमिनको उपयोग, उत्पादनमा सहयोग, कृषकसँग अध्यक्ष कार्यक्रम, तथा गुराँसको सान, रैथाने पहिचान अभियानसमेत नीति कार्यक्रममा समावेश गरिएको छ ।

यसैबीच, गुराँस गाउँपालिकाले आव २०८२–०८३ का लागि ७३ करोड ६१ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट सार्वजनिक गरिन् ।बजेटले समृद्ध, समुन्नत, प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिकाको निर्माण गर्ने सोच र आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ ।

किसानको हक हित संरक्षण संबद्र्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भुउपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण विविधिकरण र बजारीकरण गरी कृषकको अवस्था समुन्नत र पेशा सम्मानजनक बनाउने र आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता जवाफदेहीता र प्रतिस्पर्धाको प्रबद्र्धन गर्नेगरी बजेट विनियोजन गरिएको उपाध्यक्ष खड्का बताइन् ।

गाउँपालिकाका सामाजिक साँस्कृतिक धार्मिक सम्पदा र असल संस्कारको संरक्षण र प्रबद्र्धनमार्फत् धार्मिक साँस्कृतिक पर्यटनको विकास गर्ने र गरिबीको अन्त्य र पिछडिएको क्षेत्र वर्ग र समुदायको उत्थान गर्न बजेट विनियोजन गरिएको छ । शिक्षालाई वैज्ञानिक व्यवहारिक तथा प्रविधिमैत्री बनाई सक्षम जनशक्ति निर्माणको आधार तयार गर्ने, विधिको शासन सार्वजनिक सेवालाई प्रभावकारी जवाफदेही जनमुखी छिटो छरितो र कम लागतमा उपलब्ध गराउनेगरी बजेट विनियोजन गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,