चौकुने घटनाप्रति अनेमसंघको गम्भीर ध्यानाकर्षण

सुर्खेत– अखिल नेपाल महिला संघ (अनेमसंघ) ले चौकुनेमा विद्यालयभित्र एक प्रधानाध्यापक महिला र व्यवस्थापन समितिका अध्यक्षमाथि भएको अपराधिक क्रियाकलापको घोर निन्दा गरेको छ । संघले शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयमा दिनदहाडै अमानवीय व्यवहार प्रर्दशन गर्नेलाई कारबाहीको माग गरेको हो ।


भदौ ३१ गते चौकुने गाउँपालिका वडा नं. १ बडासैनस्थित श्री सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक हिरा भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष उदय साँवदलाई प्रहार गर्ने उद्देश्यले स्थानीय छवि साँवद हँसिया लिएर कार्यकक्षमा पुगेका थिए । प्रधानाध्यापक भण्डारीलाई लक्षित गरी प्रहार गर्न खोजिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा छविले प्रधानाध्याक र अध्यक्षको नामै किटेर हँसियाले काटिदिने धम्की दिएका थिए ।

अनेमसंघ कर्णाली प्रदेश, सुर्खेत जिल्ला कमिटी र वीरेन्द्रनगर कमिटीले संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै घटनाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिन प्रशासनको ध्यानाकर्षण गराएको हो । संघकी प्रदेश अध्यक्ष पद्मा खड्काले विद्यालय हाता भित्रै घरेलु हतियार सहित शिक्षक र अभिभावकहरुमाथि हमलाको प्रयास गर्नु अमानवीय व्यवहार मात्र नभई सामाजिक अराजकता, अपराधिक प्रवृत्तिको पराकाष्ठा भएको बताइन् ।

ज्ञापनपत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले जघन्य प्रकृतिको हिंसामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको र कानून अनुसार कारबाही हुने प्रतिवद्धता जनाए । ज्ञापनपत्र बुझाउन अनेमसंघ प्रदेश कमिटी अध्यक्ष पद्मा खड्काको नेतृत्वमा केन्द्रीय सचिव मिनासिं रखाल, सुर्खेत जिल्ला कमिटी अध्यक्ष टीका अधिकारी, वीरेन्द्रनगर अध्यक्ष टीका घलेसहितका नेतृहरु जिल्ला प्रशासन पुगेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,