कालीकोट जिप दुर्घटना : ७ जनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

सुर्खेत- कालीकोटको पलाँता गाउँपालिका–४ राडुनेटामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पलाँता ५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जिप आइतबार दिउँसो करिब साढे दुई बजे दुर्घटना भएको हो ।

हेलिकोप्टरबाट उद्धार गरी ल्याइएका घाइतेहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पतालतर्फ पठाइँदै

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र जिप चालक धनिराम रावत रहेका छन् । चालक रावतको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ठेगाना खुलेको छैन् ।

दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका छन् । घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली, आयुशाको अवस्था चिन्ताजनक रहेको छ ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । राडुको उकालोमा अनियन्त्रित भई काप्री खोलामा खसेर दुर्घटना भएको हो । जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । ’कच्ची ग्रामीण सडकमा क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना हुने नै भयो,’ घटनास्थल पुगेका डीएसपी रावतले भने, अरु कारण भन्दा पनि सरासर ओभरलोड देखिन्छ ।’ ५ जना यात्रु क्षमताको जिपमा २० सवार रहेको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,