भरत शाहीले ल्याए, पञ्चेबाजा म्युजिक भिडियो “जाउ जाउ चेली”

सुर्खेत– कलाकार भरत शाही ठकुरीले “जाउ जाउ चेली” बोलको पञ्चेबाजा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नी बहिनीको कन्यादान गर्दाको दृश्य छायांकन गरिएको म्युजिक भिडियोमा कुलेन्द्र विक, रेशम निर्दोष र पार्वती थापाको स्वर रहेको छ ।


भानुभक्त रिजालको शब्द र डोलराज बारघह्रेको संगीत रहेको म्युजिक भिडियोको निर्देशन चन्द्र मन्दिर, छायाकंन चन्द्र मन्दिर र कृष्ण बुढा तथा सम्पादन निर्मल प्याकुरेल गरेका छन् । सुर्खेतमै छायांकन गरिएको यस भिडियोमा अधिकांश सुर्खेती कलाकारले अभिनय गरेका छन् । भरत शाही अफिसियल युट्युब च्यानलबाट आफ्नो दोस्रो म्युजिक भिडियो जाउ जाउ चेली सार्वजनिक गरेका हुन् । कलाकार शाहीले कर्णालीको मुख्य लोक संस्कृति पञ्चेबाजालाई प्रर्वद्धन गर्न विवाहको क्षणलाई कैद गरिएको बताए ।

हेर्नुस युट्युब लिंक

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,