सुर्खेत- वीरेन्द्रनगर वडा नं ८ लाई वातावरणमैत्री र बालमैत्री वडा घोषणा गरिने भएको छ । वडा नं ८ को कार्यालयको आयोजनामा शनिबार घोषणा कार्यक्रम राखिएको वातावरण तथा विपद् शाखाले जनाएको छ ।

वडाले वातावरणमैत्री र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको अधिकांश सूचक पूरा गरेपछि घोषणाको तयारी गरिएको हो । वडा नं ८ का अध्यक्ष टिकाराम शर्माले वडालाई स्वच्छ, सुन्दर र सरसफाइयुक्त, बालअधिकार सुनिश्चित, बालश्रममुक्त, हिंसारहित एवं बालविवाह निषेधित बनाउने आधारहरू तय भएकाले घोषणा गरेर अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।



कर्णाली समय । २० असार २०८२, शुक्रबार १२:४९