विद्यार्थीलाई उद्यमशिलतासम्बन्धी सेमिनार

काठमाण्डौ- काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई उद्यमशिलता सम्बन्धि तीन क्रेडिट आवरको तालिम सञ्चालन गरेको छ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले उद्यमशिलताको परियोजना तयार गरि पेश गर्नेछन् । पेश गरिएको परियोजनामध्ये उत्कृष्ट ५ वटा परियोजनालाई स्टार्टअप लागि शुरुआति लगानीको रकम उपलब्ध गराउनेछ भने बाँकी सहभागीहरु प्रशिक्षकका रुपमा तयार हुने प्राध्यापक डा. धनपति सुवेदीले जानकारी दिए । तालिमको क्रममा प्रशिक्षार्थीहरुले बौद्धिक सम्पति अधिकार सम्बन्धी सेमिनार सम्पन्न गरेको छ ।

सेमिनारमा उद्यमशिलताको क्रममा जानकारका लागि बौद्धिक सम्पति अधिकार अन्तर्गत ट्रेडमार्क, प्रतिलिपि अधिकार तथा व्यापारिक गोप्य जानकारी सम्बन्धि पेपर प्रस्तुत गरिएको थियो । सेमिनारको क्रममा डा. धनपति सुवेदीले सेमिनारको उद्देश्य र व्यवसाय सञ्चालनका क्रममा यसको महत्वबारे जानकारी गराइएको थियो । कार्यक्रमका अध्यक्ष नूरजंग शाहले सेमिनारबाट सहभागीहरुलाई व्यवसाय सञ्चालनको क्रममा बौद्धिक सम्पति अधिकारबारे जानकार भै आफ्नो उत्पादन तथा सेवालाई कानूनी हिसाबले सुरक्षित गर्न मद्दत पुगेको विचार व्यक्त गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,