विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित

सुर्खेत- नेपाल विद्युत प्राधिकरणमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । ज्यालादारी कर्मचारीहरुले संघर्ष समिति गठन गरी बुधबार र विहीबार प्राधिकरणको सुर्खेत कार्यालयमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

संघर्ष समितिका केन्द्रीय सदस्य सन्तोष बिसीले दबाबस्वरुप देशभरका कार्यालयहरुमा धर्ना कार्यक्रम गरिएको जानकारी दिए । विगत १८ वर्षदेखि प्राधिकरणमा न्यून ज्यालामा जोखिमपूर्ण काम गर्दै आएका कर्मचारीहरुलाई प्राधिकरणले सेवा सुविधा दिनबाट पन्छिएकाले शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी हकहित संघर्ष समितिका कर्णाली प्रदेश अध्यक्ष गोविन्द पौडेलले आफूहरुले शान्तिपूर्ण तवरले राखेका जायज मागलाई बेवास्ता गरे व्यवस्थापनले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । प्राधिकरणमा दैनिक ज्यालादारी कर्मचारीको संख्या २ हजार ८१३ छन् भने सुर्खेतमा २८ जना छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,