धुवाँ
के ख्याल आउँछ होला
त्यो मरिसकेको मान्छेको उडिरहेको धुवाँ हेर्ने
त्यो जिउँदो मान्छेलाई
साँच्चै के सोच्दो हो उ, सोच्दो हो कि नाइँ आफु पनि एकदिन
धुवा हुन्छु भन्ने ।।
यदि सोच्दो हो भने के बिर्सँदो हो कि नाइँ आफुले गरेको चिन्ता, आफूले गरेको दुख
या सम्झँदो हो कि नाइँ आफुले दिएको दुख, आफूले दिएको घात,
या सम्झँदो हो कि नाइँ आफुले लिएको इर्श्या,आफुले दिएको पीडा ,
यदि सोच्दो हो भने, बिर्सँदो हो कि नाइँ आफूले पाएको पिडा ।।
या सम्झँदो हो कि नाइँ आफूले दिएको पिडा ।।।
के साँची सम्झँदो हो के साँची बिर्सिदो हो
त्यो लास त हेर्दाहेर्दै धुवाँ पनि उडेर केहि बेरमा खरानी हुन्छ नै
अनि त्यो सम्झँदो हो कि नाइँ ।।।
त्यो मरिसकेको मान्छेको उडिरहेको धुवाँ हेर्ने त्यो जिउँदो मान्छेले ।।।
निर्मल पौडेल
कर्णाली समय । २ कार्तिक २०८१, शुक्रबार १२:५३