विज्ञान प्रविधिमा राज्यको लगानी पर्याप्त छैन् : मुख्यमन्त्री कँडेल

सुर्खेत– मुख्यमन्त्री यामलाल कँडेलले मुलुकमा विज्ञान, प्रविधि र प्रवद्र्धनात्मक कार्यहरू प्रशंसनीय भएपनि पर्याप्त लगानी हुन नसकेको बताएका छन् । कर्णालीमा विहीबार पहिलो पटक आयोजना भएको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिको क्षेत्रमा अझैं राज्यको ध्यान केन्द्रित हुन नसकेको बताए ।

मुख्यमन्त्री कँडेलले विज्ञान र प्रविधिको विकासमा पर्याप्त लगानी गर्न नसक्दा युवा वैज्ञानिकहरु विदेश पलायन भइरहेको बताए । ‘लगानी र अवसरको अभावमा हाम्रा युवा वैज्ञानिकहरू विदेसिनु परिरहेको यर्थाथता छ,’ उनले भने, ‘यस्ता सम्मेलनमार्फत यस क्षेत्रमा सम्बन्धित निकायहरुको आर्कषण र लगानी बढाउन दबाब सिजना गर्न मद्दत पुग्नेछ ।’

देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । विज्ञान र प्रविधिको विकासबिना कुनै पनि मुलुकको विकास र समृद्धि सम्भव छैन्, आज संसारमा जे जति समृद्धिका सूचाङकहरु देखिएका छन्, त्यसमा विज्ञान र प्रविधिको ठूलो योगदान छ, उनले भने । मुख्यमन्त्री कँडेलले सम्मेलनले युवा वैज्ञानिकहरुमा रहेको विशिष्टकृत ज्ञान, सीप, प्रविधि र नविनतम विचारमार्फत युवालाई नविनतम कामका लागि अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।

सामाजिक विकास मन्त्रालयसंगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले युवा वैज्ञानिक सम्मेलनको आयोजना गरेको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,