बालकुमारी घटना : मृतक युवाका परिवारलाई आर्थिक सहयोग

सुर्खेत– ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाका परिवारलाई ट्रष्ट एजुकेशन सेन्टर सुर्खेतले आर्थिक सहयोग प्रदान गरेको छ ।

ट्रष्ट एजुकेशन सेन्टरले पीडित परिवारलाई तत्काल राहत होस् भनेर प्रति परिवार रु.१५ हजार सहयोग गरेको जनाएको छ । उक्त घटनामा दैलेखको महाबु गाउँपालिकाका सुजन रावत र अछामको चौरपाटी गाउँपालिकाका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सेन्टरका निर्देशक हरि कँडेलले दैलेखका युवा सुजनकी बहिनी झरना रावतको खातामा १५ हजार डिपोजिट गरेको जानकारी दिए । त्यस्तै अछामका युवाका परिवारसंग गर्न खोजिरहेको र सम्पर्कमा आउनवित्तिकै सो रकम डिपोजिट गरिने बताए । दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा शुक्रबार बालकुमारीमा उक्त घटना भएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,