सुर्खेत- जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ६ मा भूकम्प प्रभावित सात सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिएको छ । प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालयसंग सहकार्य गरेर एक हजार ३ सय बढी सेट वितरण गरेको हो ।
वडा अध्यक्ष वीरेन्द्र खड्काको अध्यक्षतामा नलगाड नगरपालिका वडा न ६ ले एक औपचारिक कार्यक्रम गरि वितरण गरिएको थियो । कार्यक्रममा प्लान इन्टरनेसनलको तर्फबाट रमेश घिमिरे, स्याक नेपालको कार्य समिति सदस्य अकबर खान, कार्यपालिका सदस्य कुमारी बिक लगायतको उपस्थिति रहेको थियो ।
श्री वीरेन्द्र प्रा वि का ७८ जना र श्री कालिका आधारभूत विद्यालय का १२६ जना बालबालिकाहरुका लागि करिब ३५०० बराबर को विद्यालय कीट अभिभावक समेत विरतण गरियो । एक सय घर परिवारका लागि सरसफाइ लगायतका तीन हजार २४७ रुपैयाँ बराबरका अत्यावश्यक सामान १०० परिवार लाई वितरण गरिएको स्याक नेपालका बोर्ड सदस्य अकबर खानले जानकारी दिए ।त्यस्तै गर्भवती तथा सुत्केरीहरुका लागि तीन हजार ११० रुपैयाँ बराबरको पोषणयुक्त पौष्टिक आहार, २५० जेष्ठ नागरिक तथा परिवारका लागि नौ हजार ५८२ रुपैयाँ बरारबको ब्लान्केट, सुईटर, टोपी र अन्य लत्ताकपडा वितरण गरियो ।
स्याक नेपाल जाजरकोटका कार्यक्रम संयोजक रेशम चन्दले भूकम्पले क्षेति भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगायतका सामाग्री वितरण गरिएको थियो । २५० जना डकर्मीका लागि दुई हजार ६०० लागतका सामग्री वितरण गरिएको थियो । एक सय जना महिला तथा किशोरीहरुका लागि तीन हजार ८८१ रुपैयाँ बराबरको अत्यावश्यक सामान वितरण गरिएको थियो ।
२०८० कार्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुमपश्चिम मा १५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौं को संख्यामा प्रभावित भएका थिए । जाजरकोट र रुकुमपश्चिममा विगत देखि नै प्लान इन्टरनेसनलसंगको साझेदारीमा स्याक नेपाल राहत तथा पुनःनिर्माणको काममा काम गरिरहेको छ । स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले यस अघि विभिन्न ठाउँमा अस्थायी सिकाई केन्द्र, सामुदायिक खानेपानी, जीविकोपार्जनमा पनि काम गरिरहेको बताए ।


कर्णाली समय । ४ जेष्ठ २०८१, शुक्रबार १०:४७