कोइरालाको नेतृत्वमा राष्ट्रिय विज्ञापन संघ नेपालको नयाँ समिति चयन

काठमाडौं-राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो महाधिवेशनबाट प्रदिप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संघको अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्धितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका टे«डर्स प्रालिका अरुण आर्याल र सहकोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्ता अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।

सदस्यहरुमा स्वार्गद्धवारी मिडिया प्रालिका बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् । संघको प्रथम महाधिवेशनको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,