सालकोटमा रक्तदान

सुर्खेत– लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखाको समन्वयमा पञ्चपुरी नगरपालिका २ सालकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आतिथ्यता शनिबार सम्पन्न कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोट्का सचिव रेशमबहादुर शाहीले तथा स्वागत मन्तव्य लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिव भद्रबहादुर थापाले गरेका थिए ।

रक्तदान कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा २ का वडाध्यक्ष श्री यामबहादुर बिसी, लायन्स क्लब अफ इन्टरनेश्नलका कलष्टर चिफ लायन्स दलबहादुर गुरुङ्ग, पञ्चपुरी नगरपालिका कार्यालयका योजना अनुगमन तथा प्रशासकिय अधिकृत चुडामणि कंडेल, सुर्यप्रकाश मावि पलैटेका अध्यक्ष नविनकुमार थापा, रेडक्रसकर्मी गोकुलप्रसाद पाण्डे लगायतको उपस्थिति थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,