मदन जयन्तीको अवसरमा आश्रममा खाद्यान्न वितरण

सुर्खेत- नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशले जननेता स्वर्गीय मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । महासंघले शनिबार विभिन्न सहयोगी दाताबाट संकलित खाद्य सामग्री मानव सेवा आश्रमका प्रदेश संयोजक सञ्जिता गौतमलाई हस्तान्तरण गरेको हो ।

खेलकुद महासंघका प्रदेश अध्यक्ष सुरज थापाले मानवको सेवा गर्न पाउनु नै उहाँप्रति सच्चा सम्मान हुने बताए । कार्यक्रमका प्रमुख अतिथि एमाले कर्णाली प्रदेश उपाध्यक्ष टेकराज पछाईले जननेता मदन भण्डारीको मार्गदर्शनलाई मुलुकका सबै दलले अंगिकार गरेका बताए । यस्ता रचनात्मक कामबाट पनि स्वर्गीय भण्डारीको महान विचारको प्रचार भइरहेको उनको भनाई थियो ।

खाद्यान्न वितरणमा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य टीका विष्ट, खेलकूद महासंघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।