मदन जयन्तीको अवसरमा आश्रममा खाद्यान्न वितरण

सुर्खेत- नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशले जननेता स्वर्गीय मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । महासंघले शनिबार विभिन्न सहयोगी दाताबाट संकलित खाद्य सामग्री मानव सेवा आश्रमका प्रदेश संयोजक सञ्जिता गौतमलाई हस्तान्तरण गरेको हो ।

खेलकुद महासंघका प्रदेश अध्यक्ष सुरज थापाले मानवको सेवा गर्न पाउनु नै उहाँप्रति सच्चा सम्मान हुने बताए । कार्यक्रमका प्रमुख अतिथि एमाले कर्णाली प्रदेश उपाध्यक्ष टेकराज पछाईले जननेता मदन भण्डारीको मार्गदर्शनलाई मुलुकका सबै दलले अंगिकार गरेका बताए । यस्ता रचनात्मक कामबाट पनि स्वर्गीय भण्डारीको महान विचारको प्रचार भइरहेको उनको भनाई थियो ।

खाद्यान्न वितरणमा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य टीका विष्ट, खेलकूद महासंघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,