ग्रीन कर्णालीले सञ्चालनमा ल्यायो बेत बाँसका फर्निचरको शोरुम

सुर्खेत–ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत तथा बाँसका फर्निचरहरुको उत्पादन र बिक्री शुरु गरेको छ । उद्योगले वीरेन्द्रनगर खोर्केलाइनस्थित शोरुम शनिबार सञ्चालनमा ल्याएको हो ।

शोरुममा बेत तथा बाँसका विभिन्न फर्निचरहरु छन् । ग्रीन कर्णाली कन्सल्टेन्सी एण्ड टे«निङ सेन्टरले स्थानीय जनशक्तिको परिचालन गरी बेत बाँसका सामानहरु उत्पादन गर्दै आएको छ । उद्योगका सञ्चालक लक्ष्मी भट्टराईले घर कार्यालय सजावट, होटल, बगैंचा, भान्साघर जस्ता स्थलमा प्रयोग गर्न सकिने विभिन्न प्रकारका फर्निचरहरु उपलब्ध रहेको बताइन् । “दिगो पर्यावरणमैत्री विकल्पका रुपमा बेत बाँसका सामानहरु प्रयोग गर्नु राम्रो हो,” उनले भनिन्, “यो काठका फर्निचरभन्दा टिकाउ एवं दिगो छ, हल्का वजनको हुन्छ, ताजा देखाउन नियमित स्प्रे पनि गर्न सकिन्छ ।”
सजिलै कर्णालीका भूगोलमा पाइने, सोझो, सहज ल्याउन सकिने, बुट्टा निकाल्न सकिने र सामान्य ज्यावल प्रयोग गरेर पनि उपयोगमा ल्याउन सकिने ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगले जनाएको छ । उद्योगका सञ्चालक लक्ष्मी भट्टराई, सुष्मा गिरी र सिर्जना वलीले शोरुम सञ्चालनमा ल्याएका हुन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,