नवराज विकहरुका लागि के हो ?

 सुर्खेत- ‘अन्तरजातिय विवाहकै कारण मेरो छोरा सहित ६ जनाले ज्यान गुमाए । जातिय विभेद छैन् भनेर संविधानमा त लेखियो । तर कार्यन्वयन कहिले हुन्छ ?,’ जाजरकोटका मोहन विकले भने, ‘अन्तरजातिय विवाहकै कारण कति नवराजले ज्यान गुमायो भने, यो व्यवस्था अन्त्य हुन्छ ?’ मोहन तीनै व्यक्ति हुन्, जसको छोरा नवराज विकले माथिल्लो थरकी यूवतीसंग प्रेम गरेकै कारण ज्यान गुमाउनु पर्यों । १० जेठ २०७७ मा रुकुम चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षे युवतीसँगको प्रेम सम्बन्धका कारण नवराज सहित उनका ६ जना साथीहरुले ज्यान गुमाए ।

प्रेमिकालाई लिन भनेर चौरजहारी पुग्दा युवतीका परिवारसहित उक्त समुदायका ठूलो जनसंख्याले उनीहरुमाथि घरेलु हतियारसहित हमला ग¥यो । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सव …कुडा कर्णालीकाको दोस्रो दिन ‘अन्तरजातिय विवाह ः रहर र कहर’ विषयक सत्रमा बोल्दै गरेका मोहनले प्रश्न गरे, ‘ती निर्दोश लालाबालाको के गल्ति थियो ? माया गरेकै कारण कसैको ज्यान लिन मिल्छ ?’ उनले अन्तरजातिय विवाह र जातीय विभेदबारे बोलेका थिए ।

मोहनले प्रतिनिधी सभा सांसद सन्तोष परियार, अधिवक्ता कुन्जनी परियार र शिक्षक पुष्पा विष्टसंग मन्थन् गरे । उनले सामान्य मानवीय संवेदना र कानुनी राज्यको खिल्ली उडाउँदै सम्बन्धित समाजका अगुवासहित संलग्न यस्तो अपराध हुनुले मानवियता कहाँ छ भन्दै प्रश्न गरे । ‘जातकै कारणले गर्दा कुनैपनि निर्दोशले ज्यान गुमाउनु नपरोस’ उनले भने । उनले त्यतो नरसंहार हुँदा पनि प्रशासनले उजुरी समेत नलिएको तितो अनुभव सुनाए । ‘शुरुमा त प्रहरीले उजुरी नै लिएन । प्रशासन अगाडि तीन दिन भर्ना बसेपछि बल्ल उजुरी दर्ता भयो’ माहनले भने, ‘कानुनी लडाइ झनै झनजटिलो रहेछ ।’

अन्तरजातिय विवाह गरेकी शिक्षीका पुष्पा विष्टले अन्तरजातिय विवाह समाजप्रतिको आफनो विद्रोह भएको बताइन् । ‘म विद्यार्थी राजनीति गर्थे, समाजमा लैगिंक विभेद, जातिय विभेदसंग परिचित थिए’ पुष्पाले भनिन्, ‘घरमा छोरा नहँुदा बुवाले दोस्रो विवाह गर्नुभयो । छोरीले हलो जोत्नु हुँदैन भन्ने सामाजिक मान्यता थियो । आफैले हलो जोते, छाउ मानिन् । अन्तरजातिय विवाह गरे । त्यो मेरो विभेद विरुद्धको विद्रोह थियो ।’ उनले थपिन्, ‘अन्तरजातिय विवाह मेरो रहर पनि हो, म यही देशको नागरिक हुँ । मेरो देश जात व्यवस्थाले आतंकित छ । नदी नालाको बयान धेरै भयो । तर त्यही भेरीमा जात व्यवस्थाले धेरै रगत बगेको छ । कर्णालीमा बगेको छ । मेरो विवाह रहर हैन, अन्तरजातिय विवाह विरुद्धको विद्रोह हो ।’

अधिवक्ता कुन्जनी परियार (प्यासी)ले पनि जात व्यवस्था विरुद्धको आफनो संघर्ष सुनाइन् । आफनो हजुर बुवाले अन्तरजातिय विवाह गरेकै कारण गाउँ निकाला भएको र आफुले समेत कोठा भाडा नपाएको पिडा पोखिन् । ‘अहिले जातिय विभेद कहाँ छैन ? दलित भन्ने थाहा पाए कोठा पाइदैन । विभेद काठमाण्डौंमा छ, कर्णालीमा छ । जहाँ कहीँ छ, कहाँ छैन् विभेद ?’ उनले प्रश्न गरिन । त्यस्तै सांसद सन्तोष परियारले विवाह गोत्र र जात हेरेर गर्ने प्रथा नहटेसम्म विभेद रहिरहने बताए । ‘विवाहले गोत्र र जात हेरेर गर्ने हुँदा त्यस्ले अन्तरघुलन हँुन दिदैन् । अन्तरजातिय विवाह, रहर तिनीहरुको लागि हो, जस्ले यो समाजमा रुपान्तरण चाहान्छ । तर नवराज विकहरुका लागि के हो ?’ उनले भने ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,