सुर्खेत- सुर्खेतका टिकाराम ढकालले ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ बोलको दसैंको गीत सार्वजनिक गरेका छन् । हाल वैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको सिर्जनामा उक्त गित सार्वजनिक भएको हो ।
ढकालको शव्द, नेपाल आइडलका विजेता करण पिरियारको स्वर रहेको गीतमा विपि वाग्लेले संगित भरेका छन् । घरपरिवार छोडेर धन कमाउन परदेसिएका युवाहरुको दशैतिहारमा हुने पिडाका कथालाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।
गितमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाल लगायत कलाकारको अभिनय छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो लिंक यहाँ छ,
कर्णाली समय । २० आश्विन २०८१, आईतवार ११:४४