मदन–आश्रित स्मृति दिवस ः खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

सुर्खेत– मदन आश्रित स्मृति दिवसको अवसरमा वीरेन्द्रनगरमा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल खेलकूद महासंघ कर्णाली प्रदेशद्वारा बुधबार सम्पन्न दौड प्रतियोगिता भैरवस्थान चोकबाट शुरु भई सहिद पार्कमा पुगेर समापन भएको हो ।


२.५ किमी लामो दौड प्रतियोगितामा बिमला कार्की पहिलो, पूर्णिमा बुढा दोस्रो र बिमला विकले तेस्रो स्थान हासिल गर्नुभयो । विजेता खेलाडीलाई एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, प्रदेश कमिटीका उपसचिव टेकराज पछाई र कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले नगद पुरस्कार राशीसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । दौड प्रतियोगिताका प्रथमलाई ५ हजार, दोस्रोलाई दुई हजार ५ सय र तेस्रोलाई एक हजार ५ सय नगद राशी प्रदान गरिएको थियो । खेलकूद महासंघका प्रदेश अध्यक्ष सुरज थापाका अनुसार प्रतियोगितामा १६ वर्ष मूनीका ८० जना महिला सहभागी थिए ।


एमाले प्रदेश अध्यक्ष शाहले विजेता खेलाडीका साथै दौड प्रतियोगितामा सक्रियतापूर्वक भाग लिएका सबै खेलाडीलाई बधाई र धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,