वीरेन्द्रनगर -१ मा नशामुक्त अभियान

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका १ मा क्रियाशिल टोल विकास संस्थाहरुले नशामुक्त अभियान सञ्चालन गरेका छन् । लागू पदार्थ दुर्व्यसनीविरुद्ध अभियान सञ्चालन गरी समाज सुधार गर्ने उद्देश्यले वडा कार्यालयको समन्वय तथा सहकर्मी समाजको सहजीकरणमा अभियान सञ्चालनमा आएको हो ।


वीरेन्द्रनगर १ मा १४ वटा टोल विकास संस्था छन् । तीमध्ये ६ वटा टोल विकास संस्थाले नशामुक्त अभियान सञ्चालन गरिरहेका छन् । जलुकेनी टोल विकास संस्थाको आयोजनामा सञ्चालित नशामुक्त अभियान कार्यक्रममा बोल्दै प्रहरी सहायक निरीक्षक कुवेर शाहीले नशाको सेवन व्यक्ति स्वयंले त्याग्न सके टोल सुधार हुने विचार व्यक्त गरे । वडाध्यक्ष दिनेश खत्रीले लागू पदार्थ दुर्व्यसनीविरुद्ध घरघरमा सचेतनाको जरुरी रहेको बताए । ‘हरेक व्यक्तिले कुनै न कुनै प्रकारको नशालु पदार्थ सेवन गरिरहेको पाइन्छ, त्यसले हाम्रो स्वास्थ्य र शान्ति सुरक्षामा गम्भीर असर पुगेको हुन्छ,’ उनले भने, ‘हेर्दा सामान्य भएपनि समाजले आर्थिक, शारिरीक र पारिवारीक रुपले ठूलो क्षति भोगिरहेको हुन्छ ।’ नशामुक्त अभियानमा सबै नागरिक स्वतःस्फूर्त सहभागी हुनुपर्ने उनको भनाई थियो ।

सहकर्मी समाजका टोल सहजकर्ता तुलसी गिरीले स्थानीयस्तरका समस्याहरु, विकृतिहरुको समाधानका लागि टोल विकास संस्थालाई जिम्मेवार बनाइएको बताइन् । स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरणका लागि सहकर्मी समाजले द एसिया फाउन्डेसन र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा अभियान सञ्चालन गर्दै आएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,