वीरेन्द्रनगरले ल्यायो ३ अर्बको बजेट (पूर्णपाठ सहित)

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले आगामी आव २०८०/०८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजारको बजेट ल्याएको छ । आइतबारदेखि शुरु भएको १३ औं सभामा नगर उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आवको बजेट चालू आवको तुलनामा झण्डै १ अर्ब बढी छ । उपप्रमुख खनालले पूँजीगत तर्फ रु. १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार र चालुतर्फ १ अर्ब २५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, वित्तीय सामानीकरण अनुदानबाट २२ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट १७ करोड ९६ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान २ करोड ९३ लाख, सशर्त अनुदान ३१ करोड २९ लाख रुपैयाँ रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

उपप्रमुख खनालले नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख, खर्च नभएको मौज्दात रकम ५ करोड र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको उल्लेख गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ । ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने नारा दिइएको १३ औं सभामार्फत वीरेन्द्रनगरले उपमहानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारको विकास गर्ने लक्ष्य अघि सारेको छ ।

वीरेन्द्रनगरले भेरीको पानी वीरेन्द्रनगर ल्याउने, नगर अस्पताललाई सुविधासम्पन्न र व्यवस्थित सञ्चालन गर्ने, प्रदेशस्तरीय बसपार्क निर्माण गर्ने, नगरभित्रको सार्वजनिक जग्गाको संरक्षण र संवद्र्धन गर्ने, नगरपालिकालाई प्रविधिमैत्री बनाउने, सहरी सौन्दर्यका कार्यक्रम सञ्चालन एवं व्यवस्थित गर्ने, भूमिहिनलाई लालपुर्जा वितरण गर्ने, हरित नगरका कार्यक्रम प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
यस्तो छ, नगर उपप्रमुख खनालले प्रस्तुत गरेको बजेट वक्तव्य file:///C:/Users/Acer/Desktop/%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7-%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6-%E0%A4%89%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF-Final.pdf



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,