आइतबार कांग्रेसलाई सरकारमा सहभागी गराउने, सोमबार विश्वासको मत लिने

सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पत्र शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

माओवादी केन्द्रले यही साउन ७ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए । तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो ।

कँडेलले नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार कांग्रेसले चार जना मन्त्रीको नाम सिफारिस गरेको थियो । सम्भवतः आइतबार मन्त्रीहरुको शपथ हुने र सोमबार विश्वासको मत लिने तयारी रहेको जनाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,