कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनियताको शपथ गराएका हुन् । एमाले संसदीय दलका नेता कँडेल माओवादी केन्द्र र एकिकृत समाजवादीको सर्मथनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मन्त्रीहरु भने नियुक्त भएका छैनन् ।

शपथ खाएलगत्तै मुख्यमन्त्री कँडेलले वीरेन्द्रनगर ४ स्थित शहिद पार्क पुगी शहिद स्तम्भमा माल्यार्पण गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,