एआई जडित एक्सरेबाट कैदीबन्दीको क्षयरोग परीक्षण

सुर्खेत- स्वास्थ्य सेवा निर्देशनालयले अत्याधुनिक प्रविधि प्रयोग गरी सुर्खेत कारागारमा रहेका कैदीबन्दीहरुको क्षयरोगको परीक्षण गरेको छ ।

एआई जडित डिजिटल पोर्टेबल एक्सरे-क्याड फर टिबी प्रविधिबाट क्षयरोग स्क्रिनिंग गरिएको हो । निर्देशनालयका हेल्थ असिस्टेन्ट महेन्द्र थापाले स्क्रिनिंग गरिएका १५७ मध्ये १९ जना सम्भावित बिरामीको खकार नमूना संकलन गरिएको जानकारी दिए । संकलित नमूना प्रदेश अस्पतालमा परीक्षणका लागि पठाइएको थियो ।

निर्देशनालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत एचआइभी तथा यौनरोग सम्बन्धी रोकथाम तथा अभिमुखीकरणका साथै ५५ जनाको परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षणमा प्रदेश अस्पताल सुर्खेत, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, साइनिङ अस्पताल आइएनएफ सुर्खेत तथा किड्स नेपालका स्वास्थ्यकर्मीको उपस्थिति थियो । उक्त स्वास्थ्य शिविरमा १२४ जनालाई छाला सम्बन्धी समस्याको जाँच गरी औषधी वितरण समेत गरिएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका फोकल पर्सन पदम केसीले विभिन्न कारणले कैदीबन्दी जीवन बिताउन बाध्य नागरिकको आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन निर्देशनालयले अत्याधुनिक प्रविधि प्रयोग गरी स्वास्थ्य परीक्षण गरेको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,