कर्णालीमा बजेट छलफल : एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनीसहित एमालेले बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभाको बुधबारको बैठकको प्रारम्भमा एमाले प्रमुख सचेतक टेकराज पछाईले बजेट पैतृक सम्पत्ति सरह बाँडेको आरोप लगाउँदै संशोधन नभए सदनको कारबाही अघि बढ्न नसक्ने अडान राखेका थिए । ‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीज्यूले कसैको दबाब प्रभावमा पर्दिनँ भन्नुभएको थियो, तर बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो,’ एमाले प्रमुख सचेतक पछाईले भने, मुख्यमन्त्री र योजना आयोगबाट कस्तो दबाब आयो एमाले जवाफ चाहान्छ ।’

एमाले अडानपछि प्रदेशसभामा मन्त्रालयगत छलफल शुरु गर्ने कार्यसूची थियो । एमालेको सदन अवरोधलाई अर्को प्रतिपक्ष दल राप्रपाले समेत समर्थन जनाएको छ । राप्रपा सांसद सन्तोषी शाही पनि एमालेसंगै उभिएर समर्थन जनाएकी थिइन् ।

सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेकी थिइन् । प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो १ बजे बैठक बस्ने जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,