पुनः आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारी

सुर्खेत- कर्णाली प्रदेशमा कार्यरत स्थानीय तहका कर्मचारी पुनः आन्दोलनमा उत्रेका छन् । यसअघि संशोधनका लागि कर्णाली प्रदेश सभामा दर्ता भएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१, कर्णाली प्रदेश सरकारले फिर्ता लिएपछि कर्मचारी आन्दोलित भएका हुन् ।


कर्णाली प्रदेश सरकारलाई ऐन संशोधन गर्न दवाब दिदै कर्मचारी विरोधमा उत्रिएका छन् । ऐन संशोधन नहुँदा कार्यक्षेत्रमा गई सेवा प्रवाह गर्न सक्ने परिस्थिति नभएकोले विभेदकारी ऐन संशोधन नभएसम्मको लागि सेवा प्रवाह ठप्प पार्ने कर्मचारीको चेतावनी छ ।  स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिका संयोजक विक्रम शाहीले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिए ।

उक्त ऐनमा भएका व्यवस्थाका सन्दर्भमा कर्मचारीहरुको वृति विकासमा प्रत्यक्ष असर गर्ने दफा, उपदफाहरु संशोधनको लागि कर्णाली प्रदेश सरकारले गत चैत्र १२ गते प्रदेश शभामा संशोधन विद्येयक दर्ता गरेको थियो । तत्काल हिउँदे अधिवेशनमा विभेदकारी ऐन संशोधन गर्नुपर्नेमा त्यसो नगरि कर्णाली प्रदेश सरकारले हठातमा विधेयक फिर्ता लिएको थियो । मन्त्रिपरिषदको बैठकले सभामा दर्ता भएको संशोधन विद्येयक फिर्ता लिने निर्णय गरेकोमा स्थानीय सेवा कर्मचारी सञ्जालले आपत्ति जनाएको छ ।
ऐनले स्थानीय सेवामा कार्यरत रहेका कर्मचारीहरुविचनै विभेदको स्थिति सिर्जना गरेका कर्मचारीको भनाई छ ।

कर्मचारीले सबै पालिकामा कालो पट्टि बाँधेर सेवा प्रवाह गर्ने, तत्काल ऐन संशोधनको लागि मेयर, अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत मार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकर्षण बुझाउने र दैनिक ३ घण्टा पेन डाउन गर्ने र बाकी समय कालो पट्टि बाँधेर सेवा प्रवाह गर्ने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,