मुख्यमन्त्री शर्मा स्वीट्जरल्याण्ड जाँदै

सुर्खेत– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा भदौ १४ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनका लागि मुख्यमन्त्री शर्मा त्यसतर्फ जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रम सेप्टेम्बर १ र २ मा हुँदैछ । वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी, समुदाय र हरित कार्यक्रम समेटिएको सो सेमिनारमा कर्णाली सरकारसँग सहकार्यकाबारे छलफल हुने बताइएको छ ।

मुख्यमन्त्रीको भ्रमणलाई संघीय सरकारले अनुमति दिइसकेको छ । मुख्यमन्त्री शर्माले आफ्नो भ्रमणलाई स्वीट्जरल्याण्ड भ्रमण कर्णालीमा लगानी भित्र्याउने, रोजगारीको सिर्जना गर्ने तथा समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भसँग जोडिएको बताएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,