भूमि अधिकार तथा श्रमिक संगठनको कर्णाली प्रदेश अधिवेशन सम्पन्न

सुर्खेत– ‘सम्पूर्ण भूमि अधिकारबाट बञ्चित तथा गैरसंगठित श्रमिकहरु एक होऔं’ भन्ने नाराका साथ भूमि अधिकार तथा श्रमिक संगठन नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।


संगठनका केन्द्रीय सचिव बालकृष्ण सुनारको अध्यक्षतामा शनिबार सुर्खेतमा सम्पन्न भेलाले अम्बरबहादुर नेपालीको अध्यक्षतामा २४ सदस्यीय सर्वसम्मत प्रदेश कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा भिमसेन पुन, कृष्णाकुमारी मल्ल, सचिव लक्ष्मी चौधरी, उपसचिव लक्ष्मी बोहरा, पम्फाकुमारी शाही र कोषाध्यक्ष पार्वती गुर्ताल चयन भएका छन् ।

सदस्यहरुमा बालकृष्ण मल्ल, देविदास नेपाली, कर्णबहादुर पुन, पदमबहादुर दमाई, गोर्खबहादुर बुढा, गंगबहादुर बम, जगतबहादुर हमाल, कर्णबहादुर घर्ती, हरिबहादुर बुढा, पे्रमलाल विक, शंकर नेपाली, जगत थिपाल, खगेन्द्र थापा, चन्द्रप्रसाद सापकोटा, ललित शाही, धनबहादुर नेपाली र विनिता खड्का रहेका छन् । ११ सदस्य पछि थप्ने गरी ३५ सदस्यीय कमिटी विस्तार गरिने अध्यक्ष नेपालीले जानकारी दिए ।

संगठनका केन्द्रीय सचिवालय सदस्य नारायणकुमार शाहले सञ्चालन गरेको प्रथम अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष एवं नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, पोलिट्ब्युरो सदस्य एवं प्रदेश जनसंगठन फाँट इञ्चार्ज गुलाबजंग शाह, जनसंगठनका महासचिव इन्द्र तामाङ, पार्टी प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतारा, अनेमसंघ प्रदेश कमिटी अध्यक्ष पद्मा खड्का, एमाले सुर्खेत जिल्ला अध्यक्ष अमृत बिसी लगायतले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित प्रदेश कमिटीलाई सचिवालय सदस्य भरतबहादुर शाहीले बधाई मन्तव्य दिए भने संगठनका केन्द्रीय महासचिव इन्द्र तामाङले सपथग्रहण गराएका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,