सुर्खेत– प्रेस चौतारी नेपाल, सुर्खेतले अक्षयकोष स्थापनार्थ चर्चित डकुमेन्ट्री सहायक श्रीमान र भाग्यले बाँचेकाहरु प्रर्दशन गर्ने भएको छ । सुर्खेतका स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको सम्झनामा उक्त कोषको स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले चौतारीले डकुमेन्ट्री प्रर्दशनी गर्न लागेको हो ।
यी दुबै डकुमेन्ट्री प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेद्वारा निर्देशित हुन् । प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले डकुमेन्ट्री फिल्म प्रदर्शनी शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा गरिने जानकारी दिए । डकुमेन्ट्री फिल्म प्रदर्शनी दिउँसो ११ बजे, १ बजे, ३ बजे र बेलुका ५ बजेको सो राखिएको छ ।
टिकट बिक्रीबाट संकलित रकमले अक्षयकोष स्थापना गरी डिलप्रकाश शर्माको स्मृतिमा पुरस्कार वितरण गरिने चौतारी सुर्खेतले जनाएको छ ।
कर्णाली समय । १९ आश्विन २०८०, शुक्रबार ०७:५७