हुड्के क्युरेनी सडकमा कालोपत्रेको काम शुरु

सुर्खेत–बराहताल गाउँपालिका वडा न. ४ स्थित हुड्के क्युरेनीमा सडक कालोपत्रेको काम शुरु भएको छ । कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले उक्त खण्ड कालोपत्रेका लागि विहीबार शिलान्यास गरेका हुन् ।


हुड्के क्युरेनी सडकको लम्बाई १७ दशमलव ७ किलोमिटर छ । खड्का कन्ट्रक्सनले ६१ करोड लागतमा आगामी २०८३ अषार १५ भित्र उक्त सडक निर्माणको काम सम्पन्न गर्ने सम्झौता रहेको छ । सडक कालोपत्रे भएपछि हुर्के, क्युरेनी,साझघाट, कुटा, चेपाङ, ईखेनु, बुटी लगायत ठाउमा सडक यातायात सहज रुपमा सञ्चालन हुनेछ । सो सडक बराहताल गाउँपालिका वडा न. ८,४,३,५र ६ साथै पञ्चपुरी नगरपालिकाको जामु तातापानीसम्म जोडिने छ ।

सामान्य रुपमा यातायातका साधन सञ्चालन हुँदै आएको उक्त क्षेत्रमा काम सडक पिच भएपछि बाह्रै महिना यातायात सुविधा उपलव्ध हु्नेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,