साहित्यकार मल्लको गजल गीत ‘सरगम’ सार्वजनिक

सुर्खेत– साहित्यकार डा. महेन्द्रकुमार मल्लद्वारा रचित गजल गीत ‘सरगम’ सार्वजनिक भएको छ । वीरेन्द्रनगरमा मंगलबार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त गजल गीत लोकार्पण गर्नुभयो ।

डा. मल्लद्वारा लिखित गजल गीतमा शिवसंगितले स्वर दिनुभएको छ । वीरेन्द्रनगर १० निवासी मल्ल मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रारसमेत हुनुहुन्छ । उहाँको यसै वर्ष चर्चित कविता संग्रह ‘भाषाको वकपत्र’ प्रकाशित भइसकेको छ ।
गीत लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री शाहीले साहित्यिक एवं सिर्जनशिल व्यक्तिलाई आफूले सम्मान गर्ने बताउनुभयो । “साहित्य, गीत संगित मानव जीवनको लागि अत्यन्त महत्वपूर्ण छ, संगीतबिनाको जीवन अधुरो हुन्छ,” उहाँले भन्नुभयो, “साहित्य, गीतसंगितले समाजको यथार्थ चित्रण मात्र गर्दैन्, समाजलाई परिर्वतन गर्न सकारात्मक उर्जा दिन्छ ।”


बरिष्ठ अधिवक्ता एवं कर्णाली प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले पछिल्लो समय कर्णालीले संगीतको क्षेत्रमा फड्को मार्दै गएको धारणा व्यक्त गर्नुभयो । उहाँले ‘सरगम’ गीतले प्रेमभाव, बिछोडका शब्द र दृश्य निकै मार्मिक र सन्देशमुलक रहेको टिप्पणी गर्नुभयो । लोकार्पण समारोहमा श्रष्टाहरु देवकी तिमिल्सेना, खगेन्द्र अधिकारी, सरस्वति पन्त लगायतले रचना वाचन गर्नुभएको थियो । नबिल बैंकको सहयोगमा सम्पन्न लोकार्पण कार्यक्रमको आयोजना मध्यपश्चिमाञ्चल गजल मञ्ज सुर्खेतले गरेको थियो । ‘सरगम’ युट्युब च्यानल हाइलाइट्स नेपालबाट पनि हेर्न र सुन्न सकिन्छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,