सिद्धार्थ शनि रिर्सोटद्वारा सांस्कृतिक प्रस्तुतिसंगै विशेष छुटको प्याकेज

सुर्खेत– कर्णाली प्रदेशकै पहिलो र एकमात्र चारतारे होटल सिद्धार्थ शनि रिसोर्ट सुर्खेतले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । ‘न्यु एयर इभ’ मा गायक चक्र बम मोडेल बन्दना विश्वकर्मा लगायतले प्रस्तुति देखाउने सिद्धार्थ गु्रप अफ हस्पिटालिटीले जनाएको छ ।


सिद्धार्थ ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले सुर्खेतबासीलाई ‘न्यु एयर इभ’ मा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौंबाट चर्चित कलाकारहरु ल्याएर साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्डसहित डिजेको प्रस्तुति पनि रहनेछ । त्यसैगरी होटेल सिद्धार्थले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका विभिन्न प्याकेजको व्यवस्था मिलाएको छ ।

क्षेत्रीय प्रबन्धक न्यौपानेका अनुसार कार्यक्रममा सहभागी हुने प्रतिव्यक्ति २ हजार रुपैयाँ तोकिएको छ । यस्तै जोडीका लागि ३ हजार ५ सय र १२ वर्षभन्दा मुनिका बालबालिकालाई प्रतिव्यक्ति १००० रुपैयाँ तोकिएको छ । ‘यही शुल्कबाट हामीले खानाका प्याकेजहरु दर्शकलाई उपलब्ध गराउनेछौं,’ उहाँले भन्नुभयो ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सिद्धार्थ गु्रप अफ हस्पिटालिटीले वीरेन्द्रनगरमा उक्त चारतारे होटल सञ्चालन गरिरहेको छ । पश्चिम नेपालबाट उदाएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुकभर ३० बढी होटल, रिसोर्ट, क्याफे लगायतका कम्पनीहरु सञ्चालित छन् । सिद्धार्थले स्थापनाको २५ औं वर्ष उत्सव पनि मनाइरहेको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,