वीरेन्द्रनगरमा कृषि हाट बजार सञ्चालनमा

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि

सुर्खेत– कृषि उत्पादनको बिक्री वितरण गर्न र ज्येष्ठ नागरिकको दिवा विश्रामका लागि वीरेन्द्रनगरमा कृषि हाट बजार, खेलकूद तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर वडा नं १० मा बुद्बुदी युवा क्लबको समन्वयमा वडा कार्यालयले शुक्रबारदेखि केन्द्र सञ्चालनमा ल्याएको हो ।

कृषि हाट बजार तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख मोहनमाया ढकालले लामो प्रयासपछि हाटबजार सञ्चालनमा ल्याउन सफल भएको बताइन् । ‘यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान पुग्नेछ, ज्येष्ठ नागरिकहरुलाई दिउँसो समयमा विश्राम लिन मद्दत पुग्नेछ विश्वास लिएकी छु,’ उनले भनिन्, ‘हाटबजारले कृषकहरुलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ ।’ साथै वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार सञ्चालनमा ल्याउने योजना जानकारी दिइन् । नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर स्वरोजगार बनाउने नीति लिएको नगर प्रमुख ढकालको भनाई छ ।

नगर उपप्रमुख निलकण्ठ खनालले मानिसहरु किनेर खाने तर आफूले उत्पादन नगर्ने प्रवृत्तिमा रमाइरहेको भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताए । कम्तीमा आफूलाई पुग्नेगरी कौसी खेतीमा भएपनि खेती गर्नतर्फ अग्रसर हुनुपर्ने उनको सुझाव थियो । वीरेन्द्रनगर नगरपालिकाका वडा नं १० का अध्यक्ष डिलबहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धिको आधार तय गर्ने बताए । ‘विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट सञ्चालन गरेका छौं,’वडाध्यक्ष रखालले भने ।

हाटबजार तथा सेवा केन्द्र उद्घाटन कार्यक्रममा कृषक समूह, कृषक महासंघ, टोल विकास समितिका पदाधिकारी कृषकहरु लगायतको सहभागिता रहेको थियो । यसअघि कृषकहरुलाई मुख्य सडकको छेउमा घुस्रा जाने सडकमा अव्यवस्थित तरिकाले कृषि उपज, ताजा तरकारी बिक्री गर्नुपर्ने बाध्यता थियो । हाटबजार सञ्चालनमा आएपछि स्थाजीय कृषकहरु खुसी भएका छन् । ६ कट्ठा जमिनमा कृषि हाट बजारसंगै खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत सञ्चालनमा आएको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,