जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३६ पुग्यो

सुर्खेत– जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । शुक्रबार राती ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुममा गरी १३६ को मृत्यु १६५ घाइते भएका हुन् ।


नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । गम्भीर घाइतेको नेपालगञ्ज, काठमाडौं, सुर्खेत र सामान्य घाइतेको चौरजहारी र जाजरकोटमै उपचार भइरहेको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,