युवा जनशक्ति सिर्जनशिल बन्न जरुरी ः आर्थिक मामिलामन्त्री सिंह

सुर्खेत– कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा जनशक्ति सकारात्मक भावनासहित सिर्जनशिल बन्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा आइतबार प्रादेशिक नीति संवाद तथा युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेकाले सिर्जनशिलताको खाँचो औंल्याउनुभयो ।


मन्त्री सिंहले देशको विकास र परिवर्तनका लागि युवाहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । “समाजमा मौलाइरहेको नकारात्मक भावको अन्त्य गरि सकारात्मक र सिर्जनात्मकताको विकासका लागि युवाहरू अघि सर्नुपर्छ,” उहाँले भन्नुभयो, “सकारात्मक सोच र कर्मले नै सही दिशामा अघि बढ्न सकिन्छ ।” बेरोजगारी अन्त्य गर्न, युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन प्रदेश सरकार लागिपर्ने उहाँको भनाई थियो ।

मन्त्री सिंहले प्रदेश सरकारको आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट युवामैत्री आउने विश्वास दिलाउँदै भन्नुभयो, “समृद्ध नेपाल निर्माणका लागि कर्णालीबाटै शुरुआत गर्ने जिम्मेवारी तपाईं–हाम्रो काँधमा छ, प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति, कार्यक्रम, बजेट युवाहरूले महसुस गर्ने गरि ल्याउने कोसिस गर्नेछौं ।” साथै उहाँले कर्णालीमा रहेको गरिबी, बाल विवाह, सबै किसिममा भेदभावका समस्यालाई न्यूनीकरणको शुरुआत गर्ने बताउनुभयो ।


प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले युवा परिचालनबाटै कर्णालीको तीव्र सामाजिक आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । युवा जनशक्ति पलायन हुनबाट रोक्नु नै अहिलेको मुख्य चुनौति रहेको उहाँको भनाई थियो । समुन्नत कर्णालीका लागि साझा अठोट भन्ने नाराका साथ राष्ट्रिय युवा परिषद्को समन्वय तथा विभिन्न संघ–संस्थाहरुसंगको सहकार्य र युवालयको आयोजनामा शुरु भएको युवा महोत्सव सोमबार सम्पन्न हुनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,