सुर्खेत–कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको चार महिनापछि विषयगत समिति गठन गरिएको छ । प्रदेशसभाको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशसभा नियमावलीमा प्रदेशसभाको पहिलो बैठक बसेको तीन महिनाभित्र प्रत्येक समितिका सभापतिको निर्वाचन गरिसक्नुपर्छ । सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । प्रदेशसभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति छन् । प्रदेश मामिलामा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी, सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, ,तुलसा मल्ल देबेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही हुनुहुन्छ । अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट हुनुहुन्छ ।
त्यस्तै सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत विक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह रहनुभएको छ ।


कर्णाली समय । १७ बैशाख २०८०, आईतवार २१:५१