कुन समितिमा को–को सांसद ?

सुर्खेत–कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको चार महिनापछि विषयगत समिति गठन गरिएको छ । प्रदेशसभाको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी दिनुभयो ।


कर्णाली प्रदेशसभा नियमावलीमा प्रदेशसभाको पहिलो बैठक बसेको तीन महिनाभित्र प्रत्येक समितिका सभापतिको निर्वाचन गरिसक्नुपर्छ । सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । प्रदेशसभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति छन् । प्रदेश मामिलामा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी, सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, ,तुलसा मल्ल देबेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही हुनुहुन्छ । अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट हुनुहुन्छ ।

त्यस्तै सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत विक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह रहनुभएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,