
सुर्खेत- राष्ट्रिय युवा संघ कर्णाली प्रदेशले एमाले उम्मेदवारका साझा युवा प्रतिवद्धता लिएर चुनावी अभियानमा होमिएको छ । संघका प्रदेश अध्यक्ष जीवन शाहीका अनुसार कर्णालीका प्रदेशका ९ जिल्लाका ११ निर्वाचन क्षेत्रमा रहेका प्रत्यक्षतर्फका उम्मेदवारका लागि युवा प्रतिवद्धता तय गरेको हो ।
उम्मेदवारले प्रत्येक वर्ष युवासंग अन्तक्र्रिया गर्ने, युवा पलायन रोक्ने प्रत्येक पालिकामा उद्योग ग्राम स्थापना गर्ने, निर्वाचन क्षेत्र युवा स्वयंसेवक तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । युवा लक्षित नवप्रर्वतन तथा स्टार्टअप कार्यक्रम, दिगो विकासका लागि नयाँ पुस्ताको सोच र सार्मथ्यमा केन्द्रित योजना निर्माण तथा कार्यान्वयन गर्ने प्रतिवद्धता छन् । युवा संघले हरेक बुथमा युवा परिचालनदेखि सामाजिक सञ्जालबाट प्रचार अभियानलाई आक्रामक बनाउने बताएको छ ।
कर्णालीबाट एमालेका सल्यानबाट गुलाबजंग शाह, सुर्खेत १ बाट ध्रुवकुमार शाही, २ बाट कुलमणि देवकोटा, दैलेख १ बाट रविन्द्रराज शर्मा, २ बाट लक्ष्मी पोखरेल, जाजरकोटबाट डम्बरबहादुर सिंह, कालीकोटबाट नगिन्द्र शाही नेशनल, जुम्लाबाट शान्तिलाल महत, हुम्लाबाट दल फडेरा, मुुगुबाट पूर्णबहादुर रोकाया र डोल्पाबाट लंक रोकाया उम्मेदवार छन् ।
यस्तो छ, युवा साझा प्रतिवद्धताको नमुना



कर्णाली समय । २७ माघ २०८२, सोमबार २०:४४