आज काँक्रेविहार पर्यटन महोत्सव, पर्यटन प्रर्वद्धन र समुदायको भूमिकामाथि बहस हुँदै

सुर्खेत- काँक्रेविहारको बहुआयामिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने उद्देश्यले आयोजित ’काँक्रेविहार पर्यटन प्रवद्र्धन महोत्सव–२०८३’ कांक्रेविहार परिसरमा आज हुँदैछ ।

वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयको आयोजनामा हुने महोत्सवमा प्यानल छलफल, काव्य प्रस्तुति रहनेछन् । कार्यक्रममा विभिन्न स्रष्टाहरूले काँक्रेविहार, प्रकृति, संस्कृति र कर्णालीको पहिचानलाई केन्द्रमा राखेर रचना वाचन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले गर्नेछिन् । महोत्सवबारे जानकारी दिँदै वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले काँक्रेविहार केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई कर्णाली प्रदेशको सांस्कृतिक पहिचान, इतिहास र पर्यटन विकासको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

महोत्सवको पहिलो सत्रमा ’काँक्रेविहारः इतिहास, संस्कृति र पुरातत्वको बहुआयामिक विमर्श’ विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, नेपाल सरकारका पूर्व वन तथा वातावरणमन्त्री माधव चौलागाईं तथा त्रिभुवन विश्वविद्यालयका बौद्ध अध्ययन केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेले काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे धारणा राख्नेछन् भने यस सत्रको सहजीकरण उपप्राध्यापक रेशम विष्टले गर्नेछन् ।

त्यस्तै काँक्रेविहारः पर्यटन प्रवद्र्धन र समुदायको भूमिका’ विषयक दोस्रो सत्रमा वरिष्ठ अधिवक्ता तथा सामाजिक अभियन्ता भूषणकुमार मानन्धर, बाल रोग विशेषज्ञ तथा लेखक डा. नवराज केसी र कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ वक्ताका रूपमा सहभागी हुनेछन्। सत्रको सहजीकरण सञ्चारकर्मी प्रकाश अधिकारीले गर्ने कार्यक्रम रहेको छ ।

वक्ताहरूले पर्यटन प्रवद्र्धनमा स्थानीय समुदायको भूमिका, सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको जगेर्ना, पर्यटकीय पूर्वाधार विस्तार तथा काँक्रेविहारलाई दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्ने विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,