मध्यपश्चिम विश्वविद्यालयसंग सहकार्य गर्ने नर्वेली राजदुतको प्रतिवद्धता

सुर्खेत– नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले मध्यपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण गरेको छ । राजदुतसहितको टोलीले विहीवार विश्वविद्यालयको उच्च पदाधिकारीसंग अन्तर्क्रिया समेत ग¥यो ।

अन्र्तक्रियामा राजदुत डाग्नी म्योसले मध्यपश्चिम विश्वविद्यालयमा समावेशी शिक्षाको प्रवद्र्धनमा सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरुमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । नर्वेली राजदूत म्योसले पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयमा अन्तक्र्रिया गर्न पाउँदा खुशी लागेको बताए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. धु्रवकुमार गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रतापूर्ण, सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै राजदूत डाग्नीसँगको अन्तर्क्रियाले आगामी दिनमा उच्च शिक्षाको विकासमा गरिंदै आएको नेपाल–नर्वे सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उपकुलपति गौतमले मानव विकास सूचकांकका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको बताउँदै विश्वविद्यालय मार्फत यस क्षेत्रको विकासमा गरिने सहकार्यको जगमा दुई देशबीचको सम्बन्ध थप समधुर बन्न टेवा पुग्ने बताए ।

अन्तर्क्रियामा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल स्वागत मन्तव्य, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त चिनारी र योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेपाल र नर्वेबीच औपचारिक रुपमा सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नर्वेले नेपालका लागि शिक्षा, मानव अधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको छ । कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. गौतमले राजदुत म्योस, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायतको टीमलाई धन्यवाद ज्ञापन सहित मायाको चिनो प्रदान गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,