नुवाकोटे टाइगरलाई दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि

सुर्खेत– वीरेन्द्रनगरमा सम्पन्न दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले प्राप्त गर्नुभएको छ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा शनिबार आयोजित प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जित्नुभएको हो ।

घण्टाघरस्थित खुल्लामञ्चमा हजारौं दर्शकबीच नुवाकोटे टाइगरले किङ रोर्वोटलाई पराजित गर्नुभयो । जीतसंगै उहाँले नगद १ लाख ५ हजार रुपैयाँ हात पार्न सफल हुनुभयो । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी हुनुभयो । साइन विरुद्धको भिडन्त जित्दै नगद रु ७५ हजार हात पार्नुभयो । मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गर्नुभएको हो । उहाँले नगद ७० हजार रुपैयाँ प्राप्त गर्दा महिलातर्फ लाइटवेट भिडन्तमा तन्नुले आकृतीलाई पराजित गर्न सफल हुनुभयो । उहाँले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यस्तै पुरुष लाइट वेटतर्फ सिजे वल्र्ड, ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो ।

प्रतियोगितामा नेकपा (एमाले) कर्णाली प्रदेश इञ्चार्ज स्थायी कमिटी सदस्य यमलाल कंडेल, प्रदेश अध्यक्ष विनोदकुमार शाह, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य लगायतले विजेताहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितालाई सम्बोधन गर्दै नेता कँडेलले कर्णाली प्रदेशमा पहिलो पटक आयोजित रिङ रेस्लिङ प्रतियोगिताले युवाहरुमा उत्साह र मनोबल बढेको धारणा व्यक्त गर्नुभयो । एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले एकेडेमीले देशभर खेल अभियान चलाएको बताउँदै खेलमार्फत समृद्धि हासिल गरिने बताउनुभयो ।

प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्द बहादुर सिंह, प्रदेश खेलकूद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सञ्ज्याल, एकेडेमीका सल्लाहकार दीपक ज्ञवाली, मदन भण्डारी फाउन्डेशनका केन्द्रीय सदस्य टीका विष्ट लगायतको आतिथ्यता थियो । प्रतियोगिता एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेजबिक्रम बस्नेतको अध्यक्षता र उपमहासचिव सुवर्णा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभयो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,