काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्र्तगत अंग्रेजी भाषा विभाग र माच्छापुछे« वल्र्ड विद्यालय बीच स्याडो शिक्षण कार्यक्रम सम्बन्धी सम्झौता भएको छ ।
अंग्रेजी भाषा विभाग स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु माच्छापुछे« वल्र्ड विद्यालयमा स्याडो शिक्षणमा सहभागी हुनेछन् । यस कार्यक्रम अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक शिक्षाका साथै शिक्षणमा प्रयोगात्मक अनुभव पनि पाउनेछन् साथै समुदायमा विद्यालयहरुले अनुभवी शिक्षक निमार्णमा सहयोग पुग्नेछ । समुदायको आवश्यकता अनुसार विश्वविद्यालय र विद्यालयको सहकार्यमा भविष्यको शिक्षक तयारी गर्नुपर्ने कुरालाई महत्व दिदैं स्याडो शिक्षकको धारणालाई प्रयोगमा ल्याइएको छ ।
विश्वविद्यालयका डिन प्रा. डा. बालचन्द्र लुईटेलले कार्यक्रमले विद्यार्थीहरुले ज्ञानका साथै सीप दुवै संगसंगै प्राप्त गर्न सकिने र समुदायमा अनुभवी शिक्षकको अभावलाई कमी गराउने विश्वास व्यक्त गरे । सम्झौतामा विश्वविद्यालयको तर्फबाट डीन प्रा. डा. बालचन्द्र लुईटेल र विद्यालयको तर्फबाट होमप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए ।
होमप्रसाद आचार्यले संस्थागत विद्यालयको भूमिका यसरी विश्वविद्यालयसंगको सहकार्यमा शिक्षक तयार गर्नु नै अबको शिक्षण पेशालाई बलियो बनाउने कुरामा जोड दिए । विभागका सह.प्राडा टिकाराम पौडेल र डा. सिद्धार्थ ढुंगानाले स्याडो शिक्षकको अवधारणाले अबको पुस्तामा शिक्षण पेशाप्रति आर्कषण बढाउन सहयोग गर्ने बताए ।


कर्णाली समय । २५ फाल्गुन २०८१, आईतवार १२:५६