केयु र माच्छापुछे«बीच स्याडो शिक्षण सम्झौता

काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्र्तगत अंग्रेजी भाषा विभाग र माच्छापुछे« वल्र्ड विद्यालय बीच स्याडो शिक्षण कार्यक्रम सम्बन्धी सम्झौता भएको छ ।

अंग्रेजी भाषा विभाग  स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु माच्छापुछे« वल्र्ड विद्यालयमा स्याडो शिक्षणमा सहभागी हुनेछन् । यस कार्यक्रम अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक शिक्षाका साथै शिक्षणमा प्रयोगात्मक अनुभव पनि पाउनेछन् साथै समुदायमा विद्यालयहरुले अनुभवी शिक्षक निमार्णमा सहयोग पुग्नेछ । समुदायको आवश्यकता अनुसार विश्वविद्यालय र विद्यालयको सहकार्यमा भविष्यको शिक्षक तयारी गर्नुपर्ने कुरालाई महत्व दिदैं स्याडो शिक्षकको धारणालाई प्रयोगमा ल्याइएको छ ।

विश्वविद्यालयका डिन प्रा. डा. बालचन्द्र लुईटेलले कार्यक्रमले विद्यार्थीहरुले ज्ञानका साथै सीप दुवै संगसंगै प्राप्त गर्न सकिने र समुदायमा अनुभवी शिक्षकको अभावलाई कमी गराउने विश्वास व्यक्त गरे । सम्झौतामा विश्वविद्यालयको तर्फबाट डीन प्रा. डा. बालचन्द्र लुईटेल र विद्यालयको तर्फबाट होमप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए ।

होमप्रसाद आचार्यले संस्थागत विद्यालयको भूमिका यसरी विश्वविद्यालयसंगको सहकार्यमा शिक्षक तयार गर्नु नै अबको शिक्षण पेशालाई बलियो बनाउने कुरामा जोड दिए । विभागका सह.प्राडा टिकाराम पौडेल र डा. सिद्धार्थ ढुंगानाले स्याडो शिक्षकको अवधारणाले अबको पुस्तामा शिक्षण पेशाप्रति आर्कषण बढाउन सहयोग गर्ने बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,