सुर्खेतमा युनिसेफको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत- संयुक्त राष्ट्र संघीय एजेन्सी युनिसेफको कर्णाली प्रदेश कार्यालय स्थापना भएको छ । सुर्खेतमा मंगलबार आयोजित समारोहमा युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुङ्गाले प्रादेशिक फिल्ड कार्यालयको उद्घाटन गरिन् ।


युनिसेफले नेपालगञ्जस्थित पश्चिम क्षेत्रीय कार्यालयबाट कर्णालीमा विकास र मानवीय समस्याहरुको सम्बोधन गर्दै आएको थियो । युनिसेफकी नेपाल प्रतिनिधिले अकुङ्गाले जाजरकोट भूकम्पपछि स्थानीय अगुवाले युनिसेफ अझ नजिक आउनुपर्छ भन्ने सुझाव दिएपछि कार्यालय स्थापना गर्ने निर्णयमा पुगेको बताइन् । कार्यालय स्थापनाले कर्णाली प्रदेशका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण तथा सर्वांगिण विकासमा सुधार ल्याउने प्रयास अझ प्रभावकारी हुने उनको भनाई छ ।

‘हाम्रा कार्यक्रमहरु सहयोगीमात्र नभई सबै तहका सरकारसंगको सहकार्य र साझेदारीमा अगाडि बढाउने कुरालाई सुनिश्चित गरेको छ,’ उनले भनिन्, ‘हाम्रो प्रयास दिगो विकास लक्ष्य २०३० अन्तर्गत नेपाल सरकारले निर्धारण गरेका लक्ष्यहरु हासिल गर्न सहयोगीसिद्ध हुने दिशामा केन्द्रीत छ ।’ युनिसेफले कर्णाली प्रदेशमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरु अझैं पनि चिन्ताको विषय बनेको बताएको छ ।

युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुङ्गाले कर्णालीको मातृ मृत्युदर राष्टिय औसतभन्दा बढी हुनु, पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सा प्रभावित हुनु, पूर्व प्राथमिक भर्ना दर न्यून हुनु तथा उच्च माध्यमिक कक्षाहरुमा विद्यालय छाड्ने दर उच्च हुनु, सुरक्षित खानेपानीमा न्यून पहुँच हुनु, बालविवाह र लैंगिक हिंसाका मुद्दाले महिला तथा बालबालिकाको गुणस्तरीय जीवनमा असर परिरहेको धारणा व्यक्त गरिन् ।

कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले प्रदेश सरकारका प्राथमिकतामा युनिसेफले सहयोग गर्दै आएको र कार्यालय स्थापनाले अझ बढी मद्दत पुग्ने बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले दिगो विकास लक्ष्य र प्रदेश सरकारको पञ्चवर्षीय योजना कार्यान्वयनमा युनिसेफका कार्यक्रमले ठूलो मद्दत पु¥याएको दाबी गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख जवाहरलाल हमाल र सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवालीले प्रादेशिक कार्यालय स्थापनाले कर्णालीको विकासमा टेवा पुग्ने विचार व्यक्त गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,