कर्णाली प्रदेश सरकारको बजेट पारित

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको २५ औं बैठकले ध्वनी मतका आधारमा बजेट पारित गरेको हो ।


प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले असार १ गते आगामी आवका लागि ३३ अर्ब ३७ करोडको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको सामान्य र विषयगत छलफलपछि सांसदहरुले राखेका प्रश्न, जिज्ञासाको आर्थिक मामिलामन्त्री सिंह र मुख्यमन्त्री राजकुमार शर्माले जवाफ दिएका थिए ।

कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा (एकिकृत समाजवादी) का १ गरी २८ सांसद छन् । स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले पनि सरकारलाई समर्थन गरेका छन् । सभामुखले हुन्छ÷हुन्नको प्रस्ताव गर्दा विपक्षी एमाले र राप्रपाले ‘हुन्न’ भन्ने प्रस्तावको पक्षमा हात उठाएका थिए । सभामुखबाहेक एमालेका ९ र राप्रपाका १ सांसद छन् ।

प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,