भोटेकोशी बाढीपीडितका लागि वीरेन्द्रनगरले ५१ लाख सहयोग गर्ने

सुर्खेत — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कार्यपालिका बैठकले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो। ‘विपत्तिको यस दुःखद घडीमा सरकार र बाढीपीडित नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व हो,’ नगर प्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगर नगरपालिका पनि पीडित नागरिकको दुःखमा साथ दिन चाहन्छ।’

भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। सोही क्रममा वीरेन्द्रनगर नगरपालिकाले पनि विपद्को समयमा ऐक्यबद्धता जनाउँदै नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाले विपद्का बेला स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धतालाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,