एमालेमै फर्किए मोहन बडुवाल

सुर्खेत– नेकपा (एकिकृत समाजवादी) का सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल नेकपा (एमाले) मै फर्किएका छन् । पार्टी फुटको औचित्य पुष्टि हुन नसकेको भन्दै अध्यक्ष बडुवालसहितका एकिकृत समाजवादीका जिल्ला नेताहरु एमालेमै फर्किएका हुन् ।


एमाले सुर्खेतद्धारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले अबिर र खादा लगाएर स्वागत गरे । बडुवाल लगायतका नेताहरुलाई एमाले कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्धय यामलाल कँडेल, गोरखबहादुर बोगटी लगायतका नेताहरुले स्वागत गरेका थिए ।

एमाले जिल्ला सचिव रहेका बडुवाल पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी रोजेका थिए । पश्चिम सुर्खेतका जनतामाझ लोकप्रिय छवि बनाएका उनी २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार थिए ।

पछिल्ला विभिन्न घटनाक्रमले आगामी दिनमा एकीकृत समाजवादी पार्टी नै नरहने हो की भन्ने आशंका प्रबल रहेको भन्दै उक्त पार्टीमा रहिरहनुको औचित्य नदेखिएको बडुवालको भनाइ थियो । एकिकृत समाजवादी निकटको इन्जिनियरिङ एसोसियसनको प्रदेश कमिटी पनि एमालेमै समाहित भएको जनाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,