समिति सभापति खड्का सवार गाडी दुर्घटना

सुर्खेत– कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ ।

कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा शनिबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा परी सभापति खड्कासहित ९ जना घाइते भएका छन् । उनी नेकपा (एकिकृत समाजवादी) की सांसद हुन् ।

रुकुमपश्चिम प्रहरीका अनुसार अन्य घाइतेहरुमा सांसद खड्काका स्वकिय सचिव चौरजहारी नगरपालिका–७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् । गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,